Vastu Interio & Builders

Vastu Interio & Builders Vastu interio & Builders deals in supplying premium decorative items all over the nepal.

के नाया घर बानाउने सोचमा हुनुहुन्छ ? घर नक्सा पाश का लागि आवस्यक कागजातहरु : १. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिप...
10/06/2023

के नाया घर बानाउने सोचमा हुनुहुन्छ ?
घर नक्सा पाश का लागि आवस्यक कागजातहरु :
१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
३. ज.ध दर्ता प्रमाण पुर्जामा फोटो नभएको भाए नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट)
५. पास गरिने नक्शाको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)
६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)
७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल
८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)
९. जग्गा कुनै निकायम धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र
१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र
११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि
पुन: निर्माण गर्न आवश्यक कागजातहरु

🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹
१. नापी नक्शामा देखिएको तर नक्शा पास नभएको खण्डमा Existing Building को भुई तल्ला प्लान चार तिरको एलिभेसन र साइट पेश गर्नुपर्नेछ /
२. कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
तल्ला थप गर्न आवश्यक कागजातहरु

🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी
२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि
३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
भवन निर्माण सम्पन्नको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी
२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
५. निर्माण भएको भवनको चारै तिर बाट खिचेको फोटो
६. निबेदन
७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति
८. रेकड फाईल
नक्शा नामसारीको लागि अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको सक्कलै र फोटोकपी
२. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
३. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
४. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
५. लिखत राजीनामाको फोटोकपी
६. निबेदन
७. घर धनीको पि. पि. साईजको फोटो २ प्रति
८. रेकड फाईल
नक्शावालाले ध्यान दिनुपर्ने कुरा

🔹🔹🔹🔹🔹🔹🔹🔹🔹
नक्शा पास प्रक्रिया-प्लीन्थ लेभल निरीक्षण र सोभन्दा माथि धुरिसम्मको गरी दुई चरणमा गर्नुपर्नेछ /
१. प्राबिधिक निरीक्षण (सर्जमिन गर्ने बेलासम्ममा नक्शा वालाले आफ्नो जग्गाको साँध सिमाना प्रष्ट हुने गरी हरेक Intersection Point मा Concrete Pole अथवा 9” × 9” को प्रष्ट देखिने गरि इट्टाको गारो निर्माण गरिसक्नुपर्नेछ ) /
२. साविकदेखि चलि आएको पानी र ढल निकास बन्द गर्नपाईने छैन , ढल निकासको लागि आवश्यक भएमा आफ्नो जग्गाबाट पनि ढल पाइप लैजान दिनुपर्नेछ /
३. निर्माण कार्य सम्पन्न भएपछि भौतिक सुबिधाहरु(धारा,बिजुली,आदि) जडान गर्न लागि “निर्माण कार्य सम्पन्न प्रमाणपत्र” लिनु भएकोले सो कार्य सम्पन्न प्रमाणपत्र लिन महानगर पालिका सम्पर्क राख्नुपर्नेछ /
४. पास भएको नक्शा बिपरित निर्माण गरेमा साविक बमोजिन पाउने भौतिक सुविधाबाट वन्चित हुने र साथै कुनै पनि समय भत्काउने कारवाही हुनेछ / साथै पास नक्शा समेत रद्ध गर्न सकिने छ ।
👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️💠💠💠💠💠💠💠💠💠💠💠💠💠💠💠
घरजग्गा खरिद बिक्रि आम मानिसको जीवनमा बिरलै हुने घटना मानिन्छ । त्यसैले अधिकांशलाई घरजग्गा खरिद बिक्रिका क्रममा चाहिने आबश्यक कागजातबारे खासै जानकारी हुँदैन् ।
घरजग्गा किनबेचलाई कानुनी भाषामा रजिष्ट्रेसन पास भनिन्छ । क्रेता र बिक्रेतावीच भएको सहमतिलाई बैधानिकता दिने यो प्रकृयामा किन्ने र बेच्ने दुवैले धेरै किसिमका कागजातहरु तयार पार्नुपर्ने हुन्छ । यस्ता कागजात सूची र ती प्राप्त गर्ने तरिका थाहा नहुँदा अधिकांश मानिस धेरैपटक मालपोत कार्यालय धाउनुपर्ने हुन्छ ।
त्यसैले आज हामी तपाईलाई रजिष्ट्रेसन पास गर्दा आबश्यक पर्ने कागजात र ती प्राप्त गर्ने तरिकाबारे विस्तृतमा जानकारी दिँदै छौं ।
१. जग्गाधनी प्रमाण पुर्जाको सक्कल तथा फोटोकपी
जग्गा पास गर्दा खरिद बिक्री गर्न लागिएको जग्गाधनी प्रमाण पुर्जा अर्थात् लालपूर्जाको सक्कल र फोटोकपी आवश्यक पर्छ । जग्गाको विवरण हेर्न तथा फाइलमा प्रमाणको रुपमा संलग्न गर्न फोटोकपी भएपनि हुन्छ तर जग्गा पास गर्ने दिन भने सक्कल जग्गाधनी प्रमाण पुर्जा नभई हुँदैन । यो जग्गा बिक्रीकर्तासँग हुने भएकोले जग्गा पास गर्ने दिन बिक्रेतालाई सक्कली पूर्जा नै ल्याउन अनुरोध गर्नुपर्छ ।
२. किन्ने बेच्नेको नागरिकताको सक्कल तथा फोटोकपी
घरजग्गा किन्नेबेच्नेको नागरिकताको सक्कल तथा फोटोकपी साथमा हुनुपर्छ । फोटोकपीमा सम्बन्धित व्यक्तिले सही गरी फाइलमा समावेश गर्नुपर्छ भने मालपोत अधिकृत वा कर्मचारीले सम्बन्धित व्यक्ति हो की होइन भनी सनाखत गर्ने बेलामा आँफै उपस्थित भई नागरिकताको सक्कल कपी देखाउनुपर्छ ।
३. मालपोत कर तिरेको रसिद तथा घरसमेत भए करचुक्ता प्रमााणपत्र
चालु आर्थिक वर्षसम्मको मालपोत कर तिरेको रसिदको फोटोकपी तथा घर समेत भए घरको कर तिरेको कर चुक्ता प्रमाणपत्रको फोटोकपी तथा सक्कल समेत ल्याउनु पर्छ । हाल यस्तो कर महानगरपालिका, नगरपालिका तथा गाउ“पालिकाहरुको वडा कार्यालयहरुमा तिर्ने गरिन्छ । कानून बमोजिमको कर तिरेपछि उनीहरुले नै रसिद तथा करचुक्ताको प्रमाण पत्र दिने गर्दछन् ।
४. राजीनामाको लिखत
घर जग्गाको थैली कति राखिएको छ जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गा रहेको वडा, नक्सा सीट नं., मोठ, पाना नं. लगायतका कुरा लिखतमा उल्लेख गर्ने भएकोले पहिलाको लिखतको सक्कल तथा फोटोकपी समेत आवश्यक पर्छ । सोही बमोजिमको विवरण हुबहु हेरी फरक नपर्ने गरी सरकारी मूल्यांकन तथा चलनचल्तीको बजारमूल्यलाई समेत मध्यनजर गरी खरिदकर्ता र बिक्रीकर्ताको सहमतिमा किन्ने व्यक्तिको नाउँमा नयाँ लिखत तयार गर्नुपर्छ ।
यस्तो लिखतमा १/१ जना साक्षी राख्नुपर्छ । साक्षी राख्दा सकेसम्म किन्ने र बेच्नेका एकाघरका हकदार व्यक्तिलाई राख्न सकेमा कानूनी रुपमा सुरक्षित मानिन्छ । अहिले धेरैजसो मालपोत कार्यालयहरुले अनलाइन सेवा सुरु गरिसकेको हुनाले अनलाइनमा सबै विवरण भरेर त्यसैलाई प्रिन्ट गरेर प्रमाणित गर्ने गरिन्छ । थैली कायम गर्दा सकेसम्म पुरै खरिद मूल्य राख्नुपर्छ । पछि कुनै कानूनी समस्या, मुद्दा मामिला परेमा सोही बमोजिम पाउने हुँदा कानूनी रुपमा सुरक्षित हुन्छ ।
५. घरबाटो तथा चार किल्ला सिफारिश
उक्त जग्गा कच्ची, पक्की तथा कति चौडाइकोे बाटोमा रहेको जग्गा हो । त्यहाँ घर छ की छैन त्यसको चार किल्लामा क–कसको कस्तो जग्गा वा घर रहेको छ आदी कुरा खुलाएर सम्बन्धित वडा कार्यालयले सिफारिश दिने गर्छ, जुन सिफारिश जग्गा बिक्रेताले ल्याउनु पर्छ । नियमानुसारको शुल्क लिएर वडा कार्यालयले उक्त सिफारिश उपलब्ध गराउँछन् ।
कम्पनीको हकमा चाहिने कागजपत्र
यदि घरजग्गाको स्वामित्व कुनै कम्पनीको नाममा छ वा क्रेता कुनै कम्पनी हो भने त्यस्तो हकमा माथि उल्लेख गरिएका बाहेक केही अतिरिक्त कागजात समेत आबश्यक पर्छ । पहिलो कागजात हो कम्पनीको प्रबन्धपत्र । जसमा कम्पनीले घरजग्गा खरिद गर्न पाउने ब्यबस्था उल्लेख भएको हुनुपर्छ, यदि त्यस्तो ब्यबस्था छैन भने संसोधन गरी त्यस्तो ब्यबस्था कायम गराउनुपर्छ ।
यस्तै कम्पनी नियमावली, चालू आर्थिक बर्षसम्मको करचुक्ता, खरिदबिक्रि सम्बन्धी सञ्चालक समितिको निर्णयको माइन्यूट, कम्पनी दर्ताको प्रमाणपत्र, कम्पनी प्यान÷भ्याट दर्ताको प्रतिलिपि, सञ्चालकहरुको नागरिकताको प्रतिलिपि र सञ्चालकहरुको सेयर लगत एवं मालपोत कार्यालयमा रजिष्ट्रेसन पास गर्ने प्रयोजनका लागि सम्बन्धित ब्यक्तिलाई अख्तियारी दिइएको पत्र लगायतका कागजात आबश्यक पर्छन् ।
उल्लेखित कागजात संकलन भएपछि मात्र घरजग्गा रजिष्ट्रेशन पास गर्ने कार्य सम्पन्न हुन्छ । यदि पास गर्न लागिएको घरजग्गा कुनै निकायले केही कुनै कारणले रोक्का राखेको वा गरेको भए पहिला फुकुवा गर्न गराउन लगाउनु पर्छ ।
यस्तो रोक्का सामान्यतया मुद्दा मामिलाका कारण अदालती आदेशबाट, बैंक तथा बित्तिय संस्थाले धितो स्वरुप जग्गा राख्दा वा कर लगायतका सरकारी दायित्व भुक्तानी नभएको अबस्थामा सरकारी निकायको आदेशमा समेत रोक्का भएको हुनसक्छ ।
जग्गा खरिद बिक्री गर्दा, खरिद बिक्री गर्ने दुबै पक्ष मालपोत कार्यालयमा उपस्थित हुनुपर्छ । यदि कुनै कारणवश कुनै पक्ष उपस्थित हुन नसकेमा इच्छाएको व्यक्तिलाई अधिकृत वारेश नियुक्ति गरी वारेशमार्फत पनि घरजग्गा खरिद बिक्री गर्न सकिन्छ ।
मालपोत कार्यालयमा किन्ने बेच्नेको सनाखतसँगै भुक्तानी गरिएको चेकको प्रमाण पनि खोजिन्छ, कारोबार गरिएको प्रमाणसमेत सगै लानुपर्छ ।
Remember for any Queries , ⁨+977 986-5443050⁩ 9849735030 , 9861215948

08/06/2023

Address

Triyuga-11 , Gaighat Udayapur
Udayapur
56300

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779852829345

Website

Alerts

Be the first to know and let us send you an email when Vastu Interio & Builders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vastu Interio & Builders:

Share