13/07/2024
गाउँ नै शोकाकुल: हिजो पहिरोमा परी त्रिसुलीमा बेपत्ता भएको एन्जल बसमा पर्साका एकै परिवारका ३ जना सदस्य बेपत्ता भएपछि गाँउ नैं शोकमा डुबेको छ। पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं जमुनियाका हृदय नारायण राउत, उनकी श्रीमति भगैती देवी र छोरी चन्द्रप्रभा कुमारी उक्त दुर्घटनामा बेपत्ता भएको छन्। यस्तै सखुवा प्रसौनी गाउँपालिकाका कै वडा नं ३ पुर्वी कटैयाका रैफुल आलम मंसुरी पनि छन्। मंसुरी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी थिए। उक्त घटना पछि सबैतिर रुवाबासी चलिरहेको छ। भने गाउँपालिका अध्यक्ष पनि बेपत्ताहरुको खोजी गर्न नारायणगढ पुगेका छन्।😥🙏