06/09/2026
Nuwakot को त्यो भाइरल हरियो घर जोगिनु केवल “Miracle” मात्र थिएन।
त्यो ४० वर्षअघि गरिएका design, structural और construction decisions को महत्व देखाउने एउटा असाधारण उदाहरण हो।
सामाजिक सञ्जालमा धेरैले यसलाई “Miracle Green House” भनिरहेका छन्।
तर Architecture र Structural Engineering को नजरबाट हेर्दा, यसको story ले हामीलाई एउटा महत्वपूर्ण कुरा सम्झाउँछ—विपत्ति आउनुअघि गरिएका सही decisions ले फरक पार्न सक्छन्।
Prakash Pandey का अनुसार, नदी नजिकै घर बनाउँदा foundation लाई बलियो बनाउन विशेष ध्यान दिइएको थियो। त्यससँगै, घरको structural system, construction quality र प्रयोग भएका materials ले पनि यसको long-term performance मा भूमिका खेलेको हुन सक्छ।
तर यस्तो घरको पछाडि एउटै व्यक्तिको मात्र योगदान हुँदैन।
Owner, architect, engineer, contractor, mason र site team—हरेकको जिम्मेवारी र मेहनत जोडिएको हुन्छ।
त्यसैले घर बनाउँदा looks भन्दा पहिले site, structure र safety सोचौँ।
कहाँ बनाउनेदेखि कसरी design गर्ने, कसरी build गर्ने र कसले काम गर्ने—सुरुदेखिका हरेक decision महत्वपूर्ण हुन्छन्।
किनकि राम्रो घर भनेको सुन्दर देखिने मात्र होइन। त्यो आफूले माया गर्ने मानिसहरूका लागि जिम्मेवारीपूर्वक सोचिएको घर पनि हो।
Mr. Pandey को story ले एउटा कुरा सम्झाउँछ—घर बनाउँदा सुरुदेखि नै सही decisions गरौँ, ताकि पछि miracle को भर पर्नु नपरोस्।
यस विपत्तिबाट प्रभावित हरेक परिवारप्रति हाम्रो गहिरो समवेदना। 🤍
प्रभावित परिवारहरूको सुरक्षा र शीघ्र पुनःस्थापनाका लागि हाम्रो हार्दिक शुभकामना र प्रार्थना।
Let this remind us who we’re building homes for—the people we love.
— ADD | Architecture • Design • MEP
Hashtags