19/10/2026
‘आमा २’ फिल्म हेरेँ । साँच्चै भनूँ भने, फर्कँदा आँखा रसाए, मन एक छिन थाम्नै गाह्रो भयो । पर्दामा देखिएको कथा आफ्नै जिन्दगीको झल्को जस्तो लाग्यो — आमा–बुवाको माया, सन्तानको कर्तव्य, अनि त्यागको मूल्य बुझाउने कथा रहेछ । फिल्मले मलाई फेरि सम्झाइदियो — आमा–बुबालाई समयमै माया दिनु पर्ने रहेछ । संसार जित्नु भन्दा पहिले आफ्ना मान्छेहरूको मन जित्नु पर्ने रहेछ । सलाम छ त्यस्तो कथालाई, जसले रुवाउँछ मात्र होइन, भित्र लुकेका भावनालाई जगाइदिन्छ । VFX Cinema मा ‘आमा २’ हेरेपछि मसँग शब्दभन्दा बढी आँसु, र मायाको अनुभूति छ । आमा–बुवा हुनुहुने सबैले, उहाँहरूको माया र त्यागलाई समयमै बुझ्न सक्नु उहाँहरूको अनुहारमा मुस्कान ल्याउन सक्नु। ❤️🙏 #आमा२ #आमा_बुवाको_माया #भावुक_कथा ।